Date

शुक्र, अशोज ३१, २०८२
Fri, October 17, 2025

राजस्व छलीमा २१ जना विरुद्ध १.२९ अर्ब विगो सहित मुद्दा

काठमाडौँ, १० मंसिर । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा २१ जना विरुद्ध मुद्धा दायर गरेको छ । विभागले १ अर्ब २९ करोड ३६ लाख विगो सहित सोमबार काठमाडौ जिल्ला अदालतमा मुद्धा दायर गरेको हो ।

विभागले बारा कलैया नगरपालिका वडा ४ भर भई हाल ललितपुर महानगरपालिका ३ धोविघाट बस्ने विनोकुमार अग्रवाल, झापा स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका २३ हात्तिवन बस्ने विकास अग्रवाल र्पावती महरा, शिव शंकर बोटगी, पुजा महरा, अम्बिका अधिकारी, अशोक अधिकारी लगायत विरुद्ध मुद्धा दायर गरेको छ ।

उनीहरुले विभिन्न व्यक्तिको नाममा आर्यन टेडिगं कन्र्सन, अनामिका टेडर्स, अमिशा टेडिंग कन्र्सन, प्रसुमा सप्लायर्स, स्मारिका जनरल सप्लायर्स, नाईस ट्रेडिगं, जेनिशा टेड एण्ड सप्लायर्स लगायत १३ वटा फर्महरु दर्ता गरेका थिए । उक्त फर्मबाट समान खरिद विक्री नगरी झुटटो तथा नक्कली विल बेचेको विभागले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *