१५ दिन भित्र लाभकर बुझाउँन एनसेललाई ठूला करदाताको ताकेता
काठमाडौं, २३ मंसिर । एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँको पूँजीगत लाभकर तिर्न ठूला करदाता कार्यलयले आदेश दिएको छ । करदाता कार्यलयले १५ दिनभित्र उक्त रकम भुक्तानी गर्न एनसेललाई पत्र पठाएको हो ।
सर्वोच्च अदालतले भदौंमा फैसलामा एनसेललाई २१ अर्ब १० करोड रुपैयाँको पूँजीगत लाभकर तिर्न आदेश दिएको थियो । त्यसै अनुसार करदाता कार्यलयले गत बैशाखयताको ब्याज जोडेर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँको क निर्धारण गरी एनसेललाई पत्र लेखेको हो । तर, नेपाल दूरसञ्चार प्राधिरणले १८ सय मेगाहर्ज ब्याण्डभित्रको फ्रिक्वेन्सी अक्सनका लागि एनसेलले पनि निवेदन दिएको छ । सो अक्सल आफ्नो हात पार्न सबै बक्यौता भुक्तानी गर्नुपर्ने हुन्छ ।