Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

‘हेमबहादुर मल्ल पुरस्कार’द्वारा घिसिङ र रुइतलाई सम्मन गरिने

‘हेमबहादुर मल्ल पुरस्कार’द्वारा घिसिङ र रुइतलाई सम्मन गरिने

काठमाडौं, ८ पुस । साल्ट ट्रेडिङ कर्पाेरेशनद्वारा प्रदान गरिने हेमबहादुर मल्ल पुरस्कार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा विशेषज्ञ डा. सन्दुक रुइतलाई प्रदान गरिने भएकोे छ । साल्ट ट्रेडिङका पूर्व महाप्रवन्धक हेमबहादुर मल्लको नाममा स्थापना गरिएको ‘हेमबहादुर मल्ल पुरस्कार २०७३’ बाट घिसिङ र ‘हेमबहादुर मल्ल पुरस्कार २०७४’ बाट डा. रुइतलाई सम्मान गरिने भएको हो । यो पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ ।

२०७३ सालको हेमबहादुर मल्ल सम्मान नेपालमा लामो समयदेखिको लोडसेडिङलाई अन्त्य गर्न सफल भएकोमा कार्यकारी निर्देशक घिसिङलाई प्रदान गरिएको जनाईएको छ । त्यस्तै २०७४ सालको हेम बहादुर मल्ल सम्मान आँखा उपचारमा अतुलनीय योगदान गर्ने आँखा विशेषज्ञ डा रुइतलाई सम्मानका लागि छनौट गरिएको समितिका संयोजक कृष्णहरि बाँस्कोटाले बताए ।
२०५९ सालमा स्थापना गरीएको यो सम्मान हालसम्म १३ जनाले प्राप्त गरेका छन् ।

हेमबहादुर मल्ल २०२० सालमा साल्ट ट्रेडिङमा प्रवेश गरेका थिए । उनले २५ वर्ष त्यहाँको महाप्रबन्धक रहेर काम गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x