Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

६ जिल्लामा ८ हजार ७ सय क्विन्टल खाद्य पठाईने

६ जिल्लामा ८ हजार ७ सय क्विन्टल खाद्य पठाईने

काठमाडौं, २० पुस । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्षभित्रमा ८ हजार ७ सय क्‍विन्टल खाद्यान्न विभिन्न जिल्लामा पठाउने तयारी गरेको छ। मुलुकका विभिन्न ६ जिल्लामा हुनसक्ने खाद्यान्न अभावलाई ध्यानमा राखेर कम्पनीले खाद्यन्न पठाउँने तयारी गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हरेक वर्ष दुर्गम तथा पार्यप्त खाद्यान्न उत्पादन नहुने ठाउँमा अन्य ठाउँबाट त्यहाँ पठाउने गरेको छ। सोही अनुसार चालु आवमा सुर्खेत, रोल्पा, दाङ, कालिकोट, जाजरकोट र गोर्खा जिल्लामा पनि खाद्यान्न पठाउन लागिएको हो। उक्त खाद्यान्न ती जिल्लामा खाद्यान्न आवश्यक पर्ने स्थानीयलाई उपलब्ध गराइनेछ। चालु आर्थिक वर्षभित्रमा उक्त स्थानमा स्थलमार्गबाट खाद्यान्न ढुवानी गर्नुपर्ने भन्दै बोलपत्रसमेत आह्वान गरेको छ।

खाद्यले काठमाडौंदेखि सुर्खेतसम्म १ हजार ५ सय क्‍विन्टल पठाउँदैछ भने उक्त स्थानमा नेपालगन्जबाट २ हजार क्‍विन्टल खाद्यान्न ढुवानी गर्दैछ। नेपालगन्जबाट रोल्पा सदरमुकामसम्म ६ सय क्‍विन्टल, नेपालगन्जबाट तुल्सीपुरसम्म २ हजार क्‍विन्टल पठाउँदै छ। नेपालगन्जबाट कालिकोट सदरमुकामा १ हजार १ सय, नेपालगन्जबाट जाजरकोट नलगाँढा ५ सय क्‍विन्टल र काठमाडौंबाट गोर्खा १ हजार क्‍विटल खाद्यन्न पठाउने तयारी खाद्यको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x