रिलायन्स फाइनान्सद्वारा ६.५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव
काठमाडौं, २४ पुस । रिलायन्स फाइनान्सले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ६.५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बुधबार बसेको फाइनान्स सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।
प्रस्ताव गरिएको नगद लाभांश राष्ट्र बैंकको स्वीकृतिपश्चात् वार्षिक साधारण सभाबाट पारित गरिने छ । हाल फाइनान्सको चुक्त पूँजी ८३ करोड २४ लाख रुपैयाँ रहेको छ ।