नेपाल इन्फ्रास्ट्रचर बैंकले ८ अर्वको साधारण सेयर निस्काशन गर्ने
काठमाडौं, ३ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्व रुपैयाँ बराबरको १०० अंकित दरले साधारण सेयर निस्काशन गर्ने भएको छ । बैंकले ८ करोड कित्ता सेयर निस्काशन गर्न एनआईबीएल एस क्यापिटललाई विक्री प्रवन्धकमा नियुक्त गरेको छ ।
इन्फ्रास्ट्रक्चर बैंकको अधिकृत पूँजी ४० अर्व रुपैयाँ, जारी पूँजी २० अर्व रुपैयाँ र चुक्तापूँजी १२ अर्व रुपैयाँ रहेको छ । सर्वसाधारणलाई सेयर निस्काशन गरी बाँडफाँट गरेपश्चात् बैंकको चुक्तापूँजी २० अर्व रुपैयाँ पुग्ने छ ।
दीर्घकालीन श्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरु जलविद्युत, सौर्य ऊर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त लगानी गर्दै जाने आगामी दिनमा योजना रहेको इन्फ्रास्ट्रक्चर बैंकले जनाएको छ ।