Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

उपत्यकाका १२ चोकमा ट्राफिक लाइट संचालनमा, अन्यत्र कतै मर्मत त कतै नयाँ जडान गरिदै

उपत्यकाका १२ चोकमा ट्राफिक लाइट संचालनमा, अन्यत्र कतै मर्मत त कतै नयाँ जडान गरिदै

काठमाडौं, ८ माघ । लामो समयपछि काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा ट्राफिक बत्ती संचालनमा आएको छ। महानगरिय ट्राफिक महाशाखा र यातायात व्यवस्था विभागले संयुक्तरुपमा १२ चोकमा ट्राफिक बत्ती मर्मत संहार गरि संचालनमा ल्याएका हुन ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (प्रहरी उपरिक्षक) जीवन कुमार श्रेष्ठका अनुसार उपत्यकाको सिंहदरबार पश्चिम गेट अगाडीको चोक, नयाँ बानेश्वर, पुरानोे बानेश्वर, तीनकुने, कोटेश्वर, कालिमाटी, पुतलीसडक, न्यु प्लाजा स्थित अनामनगर जाने मोड , पद्मोदय मोड, गौशाला र ललितपुरकोे महापाल गरी १२ स्थानको ट्राफिक लाइट मर्मत गरी पुनःसञ्चालनमा ल्याइएको हो ।
अन्य स्थानका ट्राफिक लाइटलाई पनि तुरुन्तै मर्मत गरी पुनः सञ्चालनमा ल्याउने र नभएको स्थानमा नयाँ ट्राफिक लाइट जडान गर्ने उनले जानकारी दिए ।

प्रहरी उपरिक्षक श्रेष्ठका अनुसार पैदल यात्रुुहरुको लागि पनि जेब्रा क्रसमा पेडिस्टे«न लाइट राखिएको छ । सोेही लाइटकोे निर्देशनअनुसार पैदलयात्रुुले बाटो पार गर्नुपर्ने छ । ट्राफिक लाइट तथा पेडिस्टे«न लाइट सञ्चालनमा आएसँगै सडक जाम न्यून भएको उनले दाबी छ ।

विसं २०२३ मा सिंहदरबार र राजदरबारको दक्षिणी ढोका, सुन्धारा र नयाँ सडकमा ट्राफिक बत्ती जडान गरिएको थियो । त्यसपछि जापान सरकारको सहयोगमा विसं २०५८ मा ट्राफिक बत्ती जडान गरिए पनि पछिल्लो समय बिग्रिएको थियो ।

महाशाखाका अनुसार उपत्यकाका विभिन्न एक सय ३९ स्थानमा ट्राफिक लाइटको आवश्यकता रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x