Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब ५ करोड

राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब ५ करोड

काठमाडौं, १० माघ । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा २ अर्ब ५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो अवधिसम्ममा बैंकले १ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकको ५५ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ जानकारी दिए ।

बैंकको निश्क्रिय कर्जा ५ प्रतिशत भन्दा तल रहेको छ।

उनका अनुसार हाल बैंकको कुल शाखा संख्या २ सय ३८ छ । एटिएम २ सय ५ स्थानमा छ । ३१ लाख ग्राहक रहेकोमा १० लाखले मोवाइ बैंकिङ सेवाको उपयोग गरिरहेका छन् ।

सन् २०२० देखि २०२५ सम्मको पञ्चवर्षिय योजना निर्माण गरेको र सोही अनुरुपमा बैंकको प्रतिस्पर्धी क्षमता बृद्धि गर्दै जाने बैंकको योजना छ । दक्ष जनशक्ति र उच्चतम प्रविधिको प्रयोगलाई जोड दिइ ‘क्लिन एन्ड स्मार्ट आरबिबि’ बनाउने अभियानलाई तीब्र मनाउने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x