Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

भन्सारलाई २ वर्षभित्र पेपरलेस बनाईंने

भन्सारलाई २ वर्षभित्र पेपरलेस बनाईंने

काठमाडौं, १० माघ । आधुनिक प्रविधिलाई मध्यनजर गर्दै भन्सार विभागले आगामी २ वर्ष भित्र भन्सारको काम कारबाहीलाई पेपरलेस बनाउँने भएको छ । ६८औं भन्सार दिवसको अवसरमा विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सुमन दाहालले आगामी २ वर्ष भित्र भन्सार माताहातका कार्यालयहरुलाई पेपरलेस बनाईंने जानकारी दिए । भन्सार प्रशासनलाई स्मार्ट बनाउँन सूचना प्रविधिको व्यापक प्रयोगमार्फत भन्सारको कामलाई रुपान्तरण गर्न आवश्यक रहेको उनले जानकारी दिए ।

विभागले प्रविधिमा भएको रुपान्तरणलाई अवलम्बन गर्दै गएको र आगामी दिनमा भन्सारलाई अझ व्यवस्थित बनाउँन विभाग तत्पर रहेको उनको भनाई छ । भन्सारमा हुने चेक जाँचलाई व्यवस्थित गर्नको लागि विभागले भेकल स्क्यानर मेसिन पनि खरिद गर्ने महानिर्देशक दाहालले जानकारी दिए ।

त्यस्तै, उप–महानिर्देशक श्यामप्रसाद भन्डारीले हाल भन्सार विभाग माताहातका कार्यालयहरुमा कर्मचारीको आकर्षण घट्दै गएको बताए । राजस्व अनुसन्धान विभागको काम कारबाहीले गर्दा कर्मचारीहरु भन्सारमा आउँन नमान्ने गरेको उनले जानकारी दिए ।
भन्सार विभागले अन्तर्राष्ट्रि भन्सार दिवस पारेर जनावरी २६ तारिखमा ‘कस्तम फस्टेरिङ स्टाटेनएवल फर पिपुल, पोस्पिरिटी एण्ड प्लानेट’ नारा सहित भन्सार दिवस मनाउँन लागेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x