Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

५५ प्रतिशतले चलाउँछन् मोर्बाइल इन्टरनेट

५५ प्रतिशतले चलाउँछन् मोर्बाइल इन्टरनेट

काठमाडौ, १२ माघ । नेपालमा मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ६३ लाख ४७ हजार ३ सय ५९ पुगेको छ । नेपाल टेलिकम प्राधिकरणका अनुसार इन्टरनेट चलाउँनेमध्ये ५५ प्रतिशतलेले मोवाईल इन्टरेनट नै चलाउँछन् । इन्टरनेटका लागि फिक्स ब्रोडब्यान्ड प्रयोगकर्ताको हिस्सा भने शून्य दशमलव ८० प्रतिशत छ । फिक्स ब्रोडब्यान्ड को प्रयोगकर्ताको हिस्सा १५ दशमलव ३३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

नेपालमा सञ्चालित विभिन्न दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले इन्टरनेट सेवा प्रदान गर्दै आएका छन् । यस्ता कम्पनीले फिक्स ब्रोडब्यान्ड , फिक्स ब्रोडब्यान्ड र मोबाइल ब्रोडब्यान्ड सेवा प्रदान गर्दै आएका छन् । मोबाइलको पहुँच बढ्दै गएपछि फिक्स ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या घट्दै गएको हो ।

प्राधिकरणका अनुसार ४७ लाख ९१ हजार ८ सय ९६ ले इन्टरनेटको आधुनिक फोरजी सुविधा प्रयोग गरेका छन् । तर, धेरैजसोले भने थ्रिजी चलाउने गरेको तथ्यांकले देखाएको छ । चालू आवको पहिलो चार महिनाको अवधिमा १ करोड १४ लाख १८ हजार मोबाइल प्रयोगकर्ताले थ्रिजी चलाएका छन् । त्यस्तै, १ लाख ३६ हजार ५ सय ७३ मोबाइल प्रयोगकर्ताले इभिडियो चलाएको तथ्यांकमा उल्लेख छ ।

अधिकांश मोबाइल प्रयोगकर्ताले नेपाल टेलिकमको इन्टरनेट सेवा प्रयोग गर्ने गरेका छन् । तथ्यांकअनुसार ८२ लाख ७ हजार ३ सय ३८ जनाले मोबाइलमा टेलिकमको थ्रिजी चलाउँछन् । त्यस्तै, ३२ लाख ११ हजार ५ सय ५२ ले थ्रिजीका लागि एनसेलको सेवा प्रयोग गर्छन् । त्यस्तै, फोरजीका लागि एनसेलको प्रयोग गर्नेको संख्या अधिक छ । ८ लाख ३९ हजार ५ सय ८० जनाले फोरजीका लागि नेपाल दूरसञ्चारको प्रयोग गर्छन् भने ३७ लाख १३ हजार ४ सय ३१ ले एनसेलको प्रयोग गर्छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x