व्यवसायीहरु अनावश्यक चिन्ता नगर्नुस् : अर्थमन्त्री डा. खतिवडा
काठमाडौं, १२ माघ । अर्थमन्त्री डा.युवराज खतिवडाले व्यावसायीहरुलाई अनावश्यक चिन्ता नगर्न आग्रह गरेका छन् । सम्पत्ति सुद्धिकरण र राजस्व अनुसन्धानको विषयलाई लिएर व्यवसायीहरुले अनावसेक चिन्ता लिने गरेको भन्दै मन्त्री खतिवडाले सो विषयमा चिन्ता नगर्न उनीहरुलाई आग्रह गरेका हुन् । ६८औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले सम्पत्ति सुद्धिकरण संस्था विधि बसाउँन स्थापना भएकाले व्यवसायीहरुले सम्पत्ति सुद्धिकरणको भ्रम हटाउँनु पर्ने उनको आग्रह छ ।
पहिले–पहिले सम्पत्ति सुद्धिकरणमा ज्याजति भएको भएपनि अहिले त्यस्तो नभएको उनको भनाई छ । उनले निजी क्षेत्रलाई ढुक्क भएर काम गर्न पनि आग्रह गरे । निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने पनि मन्त्री खतिवडाले प्रतिवद्धता जनाए ।
त्यस्तै राजस्व सचिव शिशिर कुमार ढुङ्गानाले निजी क्षेत्रले पेस गर्ने डकुमेन्ट सहि ढंगले बुझाएमा भन्सारमा हुने ढिलासुस्तिमा व्यवस्थापन हुने बताए । निजी क्षेत्रले डकुमेन्ट पेस गर्दा सरकारले तोकेको प्रक्रिया पुरा गरे सहजता हुने उनको भनाई छ । व्यवसायीहरुले बुझाएका डकुमेन्ट मुल्याङ्कन गर्ने जिम्मा भन्सार विभागको मात्र नभएर स्वंम व्यवसायीहरु पनि पारदर्शी हुनु पर्ने सचिव ढुंगानाको भनाई छ ।
कार्यक्रममा भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सार प्रणालीलाई अत्याधुनिक र सरलिकृत गर्दै लगिएको बताए । आगामी दिनमा भन्सार प्रशासनलाई अन्तर्राष्ट्रिय व्यापार अनलाइन ‘आसिकोडा वल्र्ड’ मार्फत सहजिकरण गर्न आफूहरु प्रतिवद्ध रहेको जानकारी दिए ।
अहिले पनि अधिकांश भन्सार कार्यलयमा आसिकोडा वल्र्ड जडान गरिएको महानिर्देशक दाहालले जानकारी दिए ।
त्यस्तै निजी क्षेत्रका प्रतिनिधिहरुले पनि सरकारले पछिल्ला २ वर्षमा भन्सार क्षेत्रमा उलेख्य सुधार गरिरहेको बताएका छन् । भन्सारमा भएका केही असहजतालाई सरकारले पुर्नविचार गर्नुपर्न उनीहरुको माग छ ।
सो अवसरमा राजस्वको क्षेत्रमा उल्लेखनीय कार्य गरेवापत अर्थसचिव डा. राजन खनाललाई सम्मान पत्र प्रदान गरिएको छ । विभागका पूर्व महानिर्देशकलगायत भन्सार विभागमा कार्यरत उत्कृष्ठ कर्मचारीहरुलाई पनि सम्मान गरिएको छ ।