Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

हिमालयन बैंकका अध्यक्ष श्रेष्ठले नेतृत्व छोड्ने निश्चित, बलियो दावेदारी प्रचण्ड बहादुर !

हिमालयन बैंकका अध्यक्ष श्रेष्ठले नेतृत्व छोड्ने निश्चित, बलियो दावेदारी प्रचण्ड बहादुर !

काठमाडौं, २० माघ । हिमालयन बैंक लिमिटेडका अध्यक्ष मनोज बहादुर श्रेष्ठले बैंकको १५ वर्षभन्दा बढीको नेतृत्व छोड्ने भएका छन् । उनी आगामी माघ २९ गते हुन लागेको २७औं वार्षिक साधारण सभापश्चात् स्वत हट्नेछन् । यसअघि बैंकमा संस्थापक सेयरधनीमध्येबाट ५ जनाको नाम मनोनयन भईसकेको छ, जसमध्ये एक जनालाई अध्यक्षमा नियुक्त गरिने छ ।

मनोनयन हुनेमा एन ट्रेडिङको तर्फबाट प्रचण्ड बहादुर श्रेष्ठ, आभा इन्टरनेशनलको तर्फबाट सुनिलबहादुर थापा, कर्मचारी सञ्चय कोषको तर्फबाट तुल्सिप्रसाद गौतम, खेतान समूहको तर्फबाट आशिष शर्मा र पाकिस्तान संयुक्त साझेदार कम्पनी हविव बैंकको तर्फबाट एक प्रतिनिधि गरी ५ जना रहेका छन् । जसमध्ये प्रचण्ड बहादुर श्रेष्ठलाई आगामी बैंक सञ्चालक समिति अध्यक्षको बलियो दावेदारीका रुपमा लिइएको एक सञ्चालकले अर्थको अर्थ डट कमलाई बताए ।

त्यसैगरी पब्लिकको तर्फबाट सञ्चालकमा विजय बहादुर श्रेष्ठ र विज्ञ सञ्चालकको तर्फबाट राधाकृष्ण पोते सञ्चालकमा रहँदै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x