सेयर बजारमा ५.२४ अंकको बृद्धि
काठमाडौं, ७ फागुन । बुद्यबार सेयर बजार झिनो अंकले बढेर बन्द भएको छ।
बुद्यबार बजार ५.२४ अंकले बढेर १४०५.२५ को विन्दुमा बन्द भएको छ।
सो दिन कारोबारमा आएका १२ समूह मध्ये ६ समूहको उपसूचक घटेको छ भने बाँकी अरुको बढेको छ । उपसूचक घट्नेमा बैंकिङ, होटल, फाइनानस, निर्जीवन बीमा, जीवन बीमा र म्यूचुअल फन्ड समूह रहेको छ।
त्यस्तै बुद्यबार १ सय ७७ कम्पनीको १ अर्ब ६२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ। त्यसमा सबैभन्दा धेरै शिबम् सिमेन्टको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । शिबम्को १४ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार हुनेमा दोस्रोमा हिमालयन डिष्टिलरी रहेको छ।
सबैभन्दा धेरै कमाउनेमा भने सामुदायिक लघुवित्त वित्तीय संस्थाका लागनीकर्ताहरु छन् भने धेरै गुमाउनेमा मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् ।