Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बुटवल पावर कम्पनीको एफपिओ माघ १५ गतेबाट

बुटवल पावर कम्पनीको एफपिओ माघ १५ गतेबाट

काठमाडौं, ७ माघ । बुटबल पाबर कम्पनले थप शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले जारी गर्न लागेको थप शेयर निष्कासनको बिक्री खुल्ला माघ १५ गतेबाट गर्ने भएको छ । उक्त थप शेयर निष्कासनको बिक्री बन्द छिटोमा माघ १९ गते र ढिलोमा फागुन १५ गते रहेको छ ।

कम्पनीले ५०१ रुपैयाँमा ४० लाख ८१ हजार कित्ता थप शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ४०१ रुपैयाँ प्रिमियममा थप शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले थप शेयर निष्कासनको लागि बिक्री प्रवन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । यस थप शेयर निष्कासनको लागि लगानीकर्ताहरुले न्युनतम १० कित्ता र अधिकत्तम बिस हजार चार सय कित्ता आवेदन दिने सकिने जनाइएको छ ।

थप शेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २१ करोड रुपैयाँ पुग्ने बताइएको छ । कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीले २७.६ मेगावाटको कावेली ए जलविद्युत आयोजना र ३० मेगावाटको ङादी जलविद्युत आयोजना निमार्णको लागि थप शेयर निष्कासन गर्ने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x