Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद सेयर लिलामीमा

लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद सेयर लिलामीमा

काठमाडौं, १४ फागुन । लुम्बिनी जनरल इन्स्योरेन्सले हकप्रद सेयर लिलामी प्रक्रियाबाट बिक्री खुलाएको छ। कम्पनीले गत कात्तिक २४ देखि मंसिर २९ गतेसम्म बिक्री खुला गर्दा नबिकेको सर्वसाधारण तर्फको ९९ हजार ७ सय २६ कित्ता सेयर आजदेखि लिलामीमा बिक्री गर्न लागेको हो ।

यो सेयर खरिद गर्न चाहनेहरुले फागुन २१ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू १०० तोकिएकाले सो भन्दा बढी मूल्य अंकित गर्नुपर्ने छ ।

आवेदन दिदाँ न्यूनतम १०० कित्ता र अधिकतमा सम्पूर्ण कित्ताको माग गर्न सकिनेछ । यसको बिक्री प्रबन्धकमा सिविआईएल क्यापिटल रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x