Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

अमेरिकी डलर एक महिनामै ४.६० रुपैयाँ महँगो

अमेरिकी डलर एक महिनामै ४.६० रुपैयाँ महँगो

काठमाडौं, ३० फागुन । कोरोना भाइरसको महामारीसँगै अमेरिकी डलर बलियो भएको छ । भारतीय रुपैयाँसँग स्थिर विनिमयदर रहेको नेपाली रुपैयाँ भारतीय अर्थतन्त्रको अवस्था अनुसार तलमाथि हुनेगर्छ । कोरोना संक्रमणका कारण भारतीय निर्यात, पर्यटन तथा औद्योगिक उत्पादनमा कमी आएपछि त्यसको असर भारतीय रुपैयाँमा परेको हो ।

भारतसँगको स्थिर विनिमयका कारण भारतीय रुपैयाँ कमजोर भएसँगै नेपाली रुपैयाँ पछिल्लो एक महिनामा अमेरिकी डलरसँग ४ रुपैयाँ ६० पैसाले अवमूल्यन भएको छ । आजभन्दा ठीक एक महिनाअघि प्रति अमेरिकी डलर नेपाली रुपैयाँको विनिमय दर ११४ रुपैयाँ ४४ पैसा रहेकोमा आज ११९ रुपैयाँ ४ पैसा रहेको छ ।

डलर अधिमूल्यन हुनु नेपालजस्तो आयातमा आधारित अर्थतन्त्रका लागि बेफाइदा पनि हो । डलर अधिमूल्यन हुँदा वस्तु निर्यात गर्न सके फाइदा हुन्छ । किनकी निर्यात आय नेपाली रुपैयाँमा वृद्धि हुन्छ । रेमिट्यान्स पनि नेपाली रुपैयाँमा रुपान्तरण गर्दा बढ्छ । विदेशी लगानीका कम्पनीले लाभांश फिर्ता लैजाँदा भने विदेशी मुद्रामा कम पैसा बाहिरिएको देखिन्छ ।

तर आयातको महँगो हुन्छ । त्यसले महँगी बढाउँछ । नेपालले विदेशमा तिर्नुपर्ने ऋणको साँवा ब्याजमा बढी खर्च हुन्छ । विद्यार्थीहरुलाई विदेशमा पैसा पठाउँदा धेरै नेपाली रुपैयाँ खर्चनुपर्छ । अन्तर्राष्ट्रिय वायु सेवाको टिकट महँगो हुन्छ ।

डलर महँगो हुँदा बेफाइदा
– आयात महँगो
– मुद्रास्फिति बढ्ने
– सरकारले विदेशी ऋणको साँवाब्याज तिर्दा महँगो पर्ने
– नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता डलरमा भएका प्रदायकलाई बढी तिर्नुपर्ने
– विद्यार्थीलाई विदेशमा पैसा पठाउन धेरै नेपाली रुपैयाँ खर्चनुपर्ने
– अन्तर्राष्ट्रिय वायु सेवाको टिकट महँगो हुने ।

फाइदा
– निर्यात बढाउनसके फाइदा
– रेमिट्यान्स नेपाली रुपैयाँमा रुपान्तरण गर्दा धेरै देखिन्छ
– आयातको प्रतिशतमा लाग्ने हुनाले भन्सार राजस्व नेपाली रुपैयाँमा बढी देखिन्छ
– विदेशी कम्पनीलाई लाभांशमा धेरै विदेशी मुद्रा दिनुपर्दैन

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x