Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

एनआईसी एशियाको ‘जति धेरै स्क्यान एण्ड पे, त्यति धेरै पैसा’ योजना सार्वजनिक

एनआईसी एशियाको ‘जति धेरै स्क्यान एण्ड पे, त्यति धेरै पैसा’ योजना सार्वजनिक

काठमाडौं, १ चैत । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्गमा रहेको क्युआर कोर्ड स्क्यान गरी कारोबार गर्ने ग्राहकलाई र मर्चेन्टहरूलाई ‘जति धेरै स्क्यान एण्ड पे, त्यति धेरै पैसा’ योजनाअन्तर्गत नगद उपहारको योजना ल्याएको छ । यो योजना अवधिभर क्युआर कोर्ड स्क्यान गरी कारोबार गर्ने मर्चेन्टहरूले १५ हजार रुपैयाँसम्म र ग्राहकहरुले १ हजार ५ सय रूपैयाँसम्म नगद प्राप्त गर्न सक्ने छन् ।

साथै, लक्की ड्रमार्फत् ५ मर्चेन्टहरूले एक वर्षका लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नुहुनेछ । यो सुविधा प्राप्त गर्न चैत १ गतेदेखि आगामी वैशाख १ गतेसम्म एनआइसी एशियाको मोबाइल बैंकिङ्गमार्फत कारोबार गर्नुपर्ने छ ।

ग्राहकलाई आगामी दिनमा डिजिटल बैंकिङ्गप्रति आकर्षित गर्न तथा भुक्तानीलाई प्रोत्साहन गर्न र सरकारको डिजिटल नेपालको लक्ष्य साकार पार्न थप योजनाहरु ल्याउँने बैकले जनाएको छ ।
त्यस्तै बैंकले विभिन्न नगद फिर्ता सम्बन्धी अफरहरू पनि नियमित रुपमा संचालन गरिरहेको छ । अहिले बैंकले प्रत्येक शुक्रबार बेलुकी ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म सञ्चालित ‘ह्याप्पी आवर’ मा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ५ प्रतिशत वा १ सय रूपैयाँसम्म नगद फिर्ता योजना र यस्तै किसिमका धेरै योजनाहरु संचालन गर्दै आएको छ

हाल बैंकले ३ सय १९ शाखा कार्याल, ४ सय ५४ एटीएम, १ सय ७ वटा एक्स्टेन्सन काउण्टर र ६० वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *