Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लगानी बढाउन फेडरल रिजर्भद्वारा ब्याजदर कटौती

लगानी बढाउन फेडरल रिजर्भद्वारा ब्याजदर कटौती

काठमाडौं, ४ चैत । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौती गरी झण्डै शून्यको हाराहारीमा झारेको छ । फेडले बैंकहरुसँग भएको ऋणपत्र समेत खरिद गरी उनीहरुलाई लगानीका लागि प्रोत्साहीत गर्ने भएको छ । कोरोना भाइरसको महामारीका कारण आर्थिक गतिविधि सुस्त भएकाले आर्थिक परिदृश्य जोखिमपूर्ण रहेको भन्दै फेडले रेट कटौती गरेको हो ।

फेडले अर्थतन्त्र विद्यमान संकटबाट मुक्त भएकोमा आफू विश्वस्त नहुँदासम्म ब्याजदर शून्यकै हाराहारीमा राख्ने बताएको छ । फेडले ५०० अर्ब अमेरिकी डलर बराबरको ऋणपत्र तथा २०० अर्ब बराबरको मोर्टगेजमा आधारित बचतपत्र खरिद गर्ने भएको छ । यसले बजारमा उत्पन्न अवरोधलाई साम्य पार्दै बैंकहरु र ठूला लगानीकर्ताको अप्ठेरो फुकाउनेछ । बैंकहरु र ठूला लगानीकर्ताले बचतपत्र बिक्री गर्न हैरानी व्यहोरिरहेका थिए । यो अवरोधले ऋणपत्रको प्रतिफल गत साता १० वर्ष यताकै कम भएको थियो । यस्तो अस्वभाविक अवस्थाका कारण मोर्टगेज र क्रेडिट कार्डबाट ऋण लिने लागत उच्च भएको थियो । फेडका अनुसार, ब्याजदर कटौतीसँगै बैंकले नगद मौज्दातको आवश्यकतामा समेत हटाएपछि ऋण परिचालन वृद्धि हुनेछ ।

फेडले अमेरिका बाहिरका पाँचओटा केन्द्रिय बैंकको सहमतिमा डलर ऋणमा ब्याजदर कटौती गरेकाले बाह्य देशमा सञ्चालित अमेरिकी बैंकहरुले गर्ने लगानी समेत वृद्धि हुने अपेक्षा गरिएको छ । यतिबेला अमेरिकी अर्थतन्त्र दशक अघि टुंगिएको आर्थिक मन्दीको समयमा झैं असुरक्षित अवस्था व्यहोरिरहेको छ । आक्रामक रुपमा अल्पकालीन ब्याजदर झण्डै शून्यको हाराहारीमा झारेको फेडर रिजर्भले सयौं अर्ब रुपैयाँ वित्तिय प्रणालीमा पठाउन सफल हुनेछ । फेडको यो निर्णयले विगतमा वित्तिय संकटको समयको झल्को दोहोर्याएको टिप्पणी गरिएको छ । सन् २००८ बाट सुरु भएको वित्तिय संकटपछि फेडले झण्डै सात वर्षसम्म ब्याजदर शून्यको आसपास राखेको थियो । यसmे उपभोक्ता र व्यवसायिकक र्जाको ब्याजदरलाई न्यून राख्नेछ ।

भाइरस फैलने क्रम अझै जारी रहेको परिप्रेक्ष्यमा आर्थिक गतिविधि अझै कमजोर हुनसक्छन् । यस्तो अवस्गामा फेडले ऋणको ब्याजदर कम गरेर लगानी सहजीकरण गर्ने, लगानीकर्ताम आत्मविश्वास जगाउने काम गरे पनि डरले डोर्याएको मानसिकताका कारण पूर्ण रुपमा काम गर्न भने सक्ने छैन ।
(अमेरिकी समाचार संस्था एशोसियटेड प्रेसबाट)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x