Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेप्से परिसूचक ४४.३३ अंक घट्यो, १ अर्ब ४६ करोडको कारोबार

नेप्से परिसूचक ४४.३३ अंक घट्यो, १ अर्ब ४६ करोडको कारोबार

काठमाडौं, ४ चैत । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४.३३ अंकले घटेको छ । कारोबार समयावधि थप गरेपश्चात् सोमबार झिनो अंकले वृद्धि भएको परिसूचक आज दोहोरो अंकले घटेर १२७२.०६ विन्दुमा पुगेको हो ।

१ सय ७५ कम्पनीको ४३ लाख ६७ हजार ७७५ कित्ता शेयर १ अर्ब ४६ करोड ५१ लाख रुपैयाँमा खरिद–विक्री भएको हो । आज सबैभन्दा बढी शेयर खरिदविक्री एनआईसी एशिया बैंक लिमिटेडको भएको छ । उक्त बैंकको १० करोड ७ लाख रुपैयाँ बराबारको शेयर कारोबार भएको हो । त्यस्तै एनएमबि बैंक लिमिटेडको ९ करोड १६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७ कारोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

५ कम्पनीको शेयर मूल्यमा सर्किट
आज ५ वटा कम्पनीको शेयर मूल्य अत्याधिक घटेर नकारात्मक सर्किट लागेको छ । सर्वाधिक शेयर मूल्य घटेर सर्किट लाग्नेमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीको १० प्रतिशत शेयर मूल्य घटेको छ । आज यो कम्पनीको ५१ रुपैयाँ शेयर मूल्य घटेर अन्तिम शेयर मूल्य ४५९ रुपैयाँ कायम भएको छ । त्यसैगरी नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनी लिमिटेड र यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको पनि शेयर मूल्य घटेर सर्किट लागेको छ ।

कारोबारमा आएका १२ समूहमध्ये म्युचुअल फण्ड समूह बाहेक बाँकी सबै समूहको परिसूचक घटेका छन् । म्युचुअल फण्ड समूहको ०.४६ प्रतिशतले परिसूचकमा वृद्धि भएको हो । त्यस्तै सर्वाधिक परिसूचक घट्नेमा उद्योग समूह रहेको छ । यो समूहको ६.१८ प्रतिशत प्रतिशत परिसूचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x