सांसद आचार्यद्वारा जिल्लालाई स्वास्थ्य सामाग्री प्रदान
रसुवा, २९ चैत । रसुवाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य इन्जिनियर मोहन आचार्यले व्यक्तिगत तवरमा रसुवा जिल्लामा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षा कर्मीलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिन सांसदले बिपद ब्यबस्थापन समितिलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।
जिल्ला बिपद कोषमा रहने गरि जिल्ला प्रशासन कार्यालय रसुवालाई उपलब्ध गराइएको सामग्रीमा ४० थान पीपीई सेट, चस्मा ४० थान, बुट ४० थान रहेको छ भने ४ सय थान केएन नाईन्टी फाईभ मास्क र पन्जा १ हजार ५ सय थान रहेका छन्। यी सामग्रीहरु आवश्यकता अनुसार जिल्लाका पाँच वटै स्थानीय तहमा पठाइने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।