Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

चीनको सियान महानगरद्वारा स्वास्थ्य सामग्री सहयोग

चीनको सियान महानगरद्वारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, १ वैशाख । चीनको साङ्सी प्रान्तमा रहेको सियान महानगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपालको बुटवल उपमहानरपालिका, काठमाडौं र धुलिखेलका अस्पतालहरूमा प्रयोग गर्नेगरी स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
उक्त महानगरपालिकाले ३० हजार मेडिकल मास्क, एक हजार एन९५ मास्क, ५०० थान पीपीई तथा थर्मोमिटर, भेन्टिलेटरलगायत करिब १ १ करोड ८ लाख बराबरको सामग्री सहयोग गरेको हो । नेपाल ट्रान्स हिमालयन सोसाइटीमार्फत उपलब्ध गराइएका ती सहयोग सामग्री छिट्टै नेपाल सरकारलाई प्रदान गरिने सो सोसाइटीका अध्यक्ष प्राडा राजीवकुमार झाले बताएका छन् । सियान महानगरपालिका र नेपालको बुटवल उपमहानरपालिकाबीच गतवर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका समयमा भगिनी सम्बन्ध कायम भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x