Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पोल्ट्री व्यवसायमा दैनिक २२ करोडको क्षति

पोल्ट्री व्यवसायमा दैनिक २२ करोडको क्षति

काठमाडौं, २ वैशाख । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको कारण नेपालको पोल्ट्री क्षेत्रमा पनि ठूलो धक्का लागेको छ । लकडाउनका कारण किसानका फार्ममा तयारी अवस्थाका कुखुरा विक्री हुन सकेका छैनन् भने व्यवसायीले नयाँ चल्ला किन्न सकेका छैनन् ।
देशभरका ह्याचरी उद्योगले अहिले दैनिक ६ लाख चल्ला नष्ट गरिरहेको नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोख्रेलले बताए । यसबाट ह्याचरी उद्योगले मात्रै दैनिक ३ करोड ४५ लाख रुपैयाँको क्षति बेहोर्नु परेको उनको भनाइ छ । यस्तै विक्रीका लागि तयार भएका कुखुरा समेत नबिकेर नष्ट गर्नुपर्दा अहिले समग्र पोल्ट्री उद्योगले दैनिक २२ करोड रुपैयाँबराबर गुमाउँदै आएको संघले बताएको छ ।
अहिले सातओटै प्रदेशमा कुखुराको विक्री घटेको व्यवसायीको भनाइ छ । उनीहरूहरूका अनुसार हाल काठमाडौं, चितवन, विराटनगरलगायत ठूला शहरमा मात्र कुखुरा विक्री हुन सकेको छ । ग्रामीण क्षेत्रमा रहेका किसानका कुखुरा फार्ममै थन्किएका छन् भने कतिपयले खाल्डो खनेर पुर्न थालेका छन् ।
हालसम्म चितवनमा मात्रै ३० लाख चल्ला नष्ट भइसकेको पोख्रेलले बताए । दानाको अभावले थप घाटा बेहोर्नुपरेको कृषकहरूको गुनासो छ । नेपाल कुखुरापालक किसान संघका केन्द्रीय अध्यक्ष झनकप्रसाद पौडेलले दाना अभावले कृषकले २ हप्तासम्मका चल्ला नष्ट गर्दै आएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x