Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

राष्ट्र बैंकको पेमेन्ट गेटवेको अध्ययन प्रतिवेदन सञ्चालक समितिमा पेश

राष्ट्र बैंकको पेमेन्ट गेटवेको अध्ययन प्रतिवेदन सञ्चालक समितिमा पेश

काठमाडौं, ३ वैशाख । राष्ट्रिय भुक्तानी प्रणाली (नेशनल स्वीच) स्थापनाका लागि तयार अध्ययन प्रतिवेदन नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा पेश भएको छ । राष्ट्र बैंकको भुक्तानी व्यवस्थापक विभागका निर्देशक सुवास घिमिरेको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले तयार पारेको सो प्रतिवेदन गत साता राष्ट्र बैंकको बोर्डमा पेश गरिएको हो । अनलाइन भुक्तानीलाई सहज बनाउन केन्द्रीय बैंककले आफ्नै पेमेन्ट गेटवे ल्याउन लागेको हो ।
भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार उक्त प्रतिवेदनलाई बोर्ड बैठकले स्वीकृति दिएपछि अर्थ मन्त्रालय पठाइनेछ । साथै अर्थ मन्त्रालयको समेत स्वीकृतिपछि सञ्चालनमा ल्याउने तयारी रहेको उनको भनाइ छ । यद्यपि, अहिले लकडाउनका कारण बोर्डको बैठक बस्न सकेको छैन ।
अध्ययन प्रतिवेदनले नेशनल स्वीच सञ्चालनको प्रक्रियाबारे सुझाव दिएको छ । साथै यो प्रणाली सञ्चालनमा के कस्ता अप्ठ्यारा छन् भन्नेसमेत अध्ययन प्रतिवेदनमा समावेश छ ।
राष्ट्र बैंकले स्थापना गर्ने नेशनल स्वीचले पहिलो चरणमा सरकारको राजस्व संकलन तथा भुक्तानीका लागि मात्र काम गर्नेछ ।
देशभर हुने सबै प्रकारका भुक्तानी प्रणालीलाई एउटै च्यानलबाट कार्यान्वयन भने दोस्रो चरणमा गर्ने योजना रहेको छ । यसका लागि नयाँ स्वीच किन्नुपर्नेछ । दोस्रो चरणमा सबै बैंकको एउटै स्वीच प्रणाली बनाउने योजना छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x