Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

लकडाउनले दूध खपत ८० प्रतिशत घट्यो, अबौंको पाउडर र बटर पनि मौज्दात

लकडाउनले दूध खपत ८० प्रतिशत घट्यो, अबौंको पाउडर र  बटर पनि मौज्दात

शंकर पण्डित काठमाडौं, ८ जेठ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनले मुलुकको दुग्धजन्य उद्योग संकटमा परेको उद्योगीहरुको गुनासो छ । गत चैत ११ देखि गरिएको लकडाउन आउँदो २० गतेसम्मका लागि यथावत छ । यो अवधीमा अत्यावश्यक बस्तु अन्तर्गत दुग्ध उद्योगहरु संचालनमा रहेपनि उपभोग ज्यादै न्यून हुदाँ उद्योग संचालनमा समस्या हुन थालेको गुनासो छ ।

लकडाउनको समयमा दूध उपभोग घटेको नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले जानकारी दिए । अहिले खपत ८० प्रतिशत घटेको उनले जानकारी दिए । कोरोनाको त्रास पछि उपत्यकामा बसोबास गर्ने अधिकांश मानिसहरु बाहिरी जिल्लाहरुमा जानुका साथै पसलहरु समेत सिमित अवधिसम्मका लागि मात्र संचालन गर्न दिइदा खपत कम भएको केडियाले बताए ।

सिताराम गोकुल मिल्कका सञ्चालक सुमित केडिया

माग घटेपछि व्यवसायीले उत्पादनमा समेत कटौती गर्दै लगेका छन् । उनका अनुसार सामान्य अवस्थामा दैनिक ७ लाख लिटर दूध बिक्री हुने गरेको थियो ।

अबौंको पाउडर र बटर मौज्दात

त्यस्तै, डेरी उद्योगले जाडो मौसमभरि प्रशोधन गरेर निकालेको बटर, पाउडर र घ्यू अहिले गोदाममा थन्किएको छ । बिक्री गर्ने मुख्य सिजन सुरु हुनासाथ कोरोना संक्रमणले बजार ठप्प भएपछि उद्योगीहरु थप चिन्तित छन् । पाउडरको १ वर्ष, बटर र घ्यूको ६ महिना मात्र उपभोग्य मिति हुन्छ । सिताराम गोकुल मिल्कका सञ्चालक केडियाले भने, ‘ हाम्रै उद्योगको मात्र कुरा गर्ने हो भने पनि ८, ९ करोडको उत्पादन मौज्दात छ । डिडिसीसँग पनि झन्डै १ अर्बको मौज्दात रहेको बुझेको छ । त्यसले गर्दा झन्डै ३ अर्ब रुपैयाँ भन्दा बढीको उत्पादन गोदाममै थन्काएर राख्नु परेको छ ।’

ति उत्पादन बिक्री नुहदाँ चालु पुँजीकै अभाव हुनु थालेको केडियाको गुनासो छ ।

पुनकर्जा घटाउन माग

संकटका बेला उद्योग संरक्षणका लागि सरकारले राहतको व्यवस्था गर्नुपर्ने माग छ । त्यसका लागि आउँदो बजेट मार्फत सरकारले कृषि कर्जामा दिदै आएको ५ प्रतिशत पुनकर्जालाई २ प्रतिशतमा झार्नुपर्ने उनको माग छ । ‘त्यसले कृषि उद्योग प्रोत्साहनमा ठुलो राहत पुग्छ र उद्योगहरुको संरक्षण पनि हुन्छ ।’ उनले भने ।

देशभरका दुग्धजन्य उद्योगमा २० अर्बभन्दा बढीको लगानी रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x