प्रदेश र स्थानीय तहका लागि १ खर्ब ४५ अर्ब समानीकरण अनुदान
काठमाडौं, १५ जेठ । प्रदेश र स्थानीय तहलाई १ खर्ब ४५ अर्ब २२ करोड समानीकरण अनुदान प्रदान गरेको छ। यसअनुसार प्रदेशले ५५ अर्ब १९ करोड रुपैयाँ र स्थानीय तहले ९० अर्ब ५ करोड रुपैयाँ वित्तीय समानिकरण अनुदान प्राप्त गर्ने छन् ।
आगामी आर्थिक वर्ष २०७७–०७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा यो रकम उपलब्ध गराइएको जानकारी दिए ।