Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लकडाउनको मोडालिटी परिवर्तनबारे निर्णय भएन

लकडाउनको मोडालिटी परिवर्तनबारे निर्णय भएन

काठमाडौं, २३ जेठ । ७३ दिनदेखि जारी लकडाउनको विरोधमा आम जनता र व्यवसायीहरु अवज्ञामा उत्रेपछि सरकारले लकडाउनको मोडालिटी परिवर्तन र सुरक्षा मापदण्डसहित आर्थिक क्रियाकलाप सञ्चालन गर्न दिने विषयमा छलफल गरी टुंगो लगाउन बसेको मन्त्रिपरिषद्को बैठकले यसबारे कुनै निर्णय लिन सकेन ।
मुलकभित्र संक्रमितहरु बढीरहेको, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई फिर्ता गर्ने क्रम शुक्रबारदेखि शुरु हुने तथा आम मानिसहरुको लकडाउनको अवज्ञापछि सरकारले यससम्बन्धमा केही महत्वपूर्ण निर्णयहरु लिने अपेक्षा गरिएको थियो । तर सरकार यससम्बन्धमा कुनै निर्णयमा पुग्न सकेन ।
लामो समयदेखि जारी लकडाउनका कारण खासगरी निम्न र मध्यमवर्गीयहरुमा परेको प्रभावबारे सरकार बेखबर रहेको भन्दै देशभर लकडाउनको अवज्ञा भइरहेको छ । केही दिन अघि मात्रै सरकारले जेठ २५ भित्र कर तिरिसक्न सूचना जारी गरेपछि त मानिसहरु झनै आन्दोलित भएका छन् ।
जसका कारण आज बसेको मन्त्रिपरिषद् बैठकले महामारीबाट जोगिन स्वास्थ्यसम्बन्धि प्रोटोकल जारी गरि लकडाउन खुकुलो पार्ने आशा गरिएको थियो । अर्कोतर्फ, संक्रमितहरुको संख्या अत्याधिक बढेको र २६ सय नाघिसकेको अवस्थामा वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई समेत शुक्रबारदेखि फर्काउने भएपछि स्वास्थ्य संकटकालको घोषणा गर्ने चर्चा चलेको थियो । तर बिहीबारको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धमा कुनै पनि निर्णय गरेन । केही कर्मचारीहरुको सरुवा र पदस्थापना गरी मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ ।
सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे कोरोना रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल भैरहेकाले मन्त्रिपरिषद् बैठकमा यसबारे कुनै निर्णय नभएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x