Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

हेटौंडा औद्योगिक क्षेत्रका ८० उद्योग सञ्चालनमा

हेटौंडा औद्योगिक क्षेत्रका ८० उद्योग सञ्चालनमा

हेटौंडा, २ असार । लकडाउन खुकुलो भएसँगै आर्थिक व्यावसायिक गतिविधिका साथै उद्योग प्रतिष्ठान सञ्चालन समेत बढेको छ । यसै क्रममा हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालनमा आउने उद्योग ८० पुगेका छन् । उक्त, औद्योगिक क्षेत्रमा रहेका १११ मध्ये उक्त संख्यामा सञ्चालनमा आएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौंडा कार्यालयले बताएको राससमा उल्लेख छ ।
लिमिटेडका अनुसार उद्योग सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालन भने छैन । सञ्चालित उद्योग ६० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा रहेको बताइएको छ ।
उक्त औद्योगिक क्षेत्रका एशियन पेन्ट, आरएन केमिक्लस, महाशक्तिशोप, खजुरी नेपाल र इन्टाइटिक बिस्कुटलगायतका ठूला उद्योगका साथै अन्य साना खानेपानी, दुग्ध, मैदालगायतका उद्योग सञ्चालनमा आएका छन् । ती उद्योगमा जनशक्ति अभाव, कच्चापदार्थ कमी र ढुवानीलगायतका समस्या रहेको बताइएको छ । लकडाउनका कारण ती उद्योग बन्द हुँदा दैनिक रू. ३० करोड घाटा हुने गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x