Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

एसियाको आर्थिक बृद्धि ६० वर्षयताकै न्यून हुने एडिबीको प्रक्षेपण

एसियाको आर्थिक बृद्धि ६० वर्षयताकै न्यून हुने एडिबीको प्रक्षेपण

काठमाडौं, ४ असार । एसियाली विकास बैंक (एडिबी) ले एसियाको आर्थिक वृद्धिदर गएको ६० वर्षयताकै न्यून हुने प्रक्षेपण गरेको छ। कोरोना भाइरसका कारण आर्थिक गतिविध प्रभावित भएकाले वृद्धिदर ०.१ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ।

यसअघि यो क्षेत्रको वृद्धिदर २.२ प्रतिशत कायम हुने अनुमान गरेको बैंकले प्रक्षेपण संशोधन गरेको हो। यो वर्षको वृद्धिदर सन् १९६१ यताको न्यून हुने बैंकले जनाएको छ। एसियाका अधिकांश उपक्षेत्रको वृद्धिदर सुस्त हुने बैंकले प्रक्षेपण गरेको छ। एडिबीले सन् २०२० मा पूर्वी एसियाको वृद्धिदर १.३ प्रतिशतमा सिमित हुने जनाएको छ।

यसअघि अप्रिलमा २.३ प्रतिशतले अर्थतन्त्र विस्तार हुने प्रक्षेपण गरिएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x