Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

कर्मचारी सञ्चय कोषको सञ्चित कोष रकम ३ खर्ब ९ अर्ब

कर्मचारी सञ्चय कोषको सञ्चित कोष रकम ३ खर्ब ९ अर्ब

काठमाडौं, ११ असार । कर्मचारी सञ्चय कोषको सञ्चित कोष गत आव २०७५÷७६ मा ३ खर्ब ९ अर्ब पुगेको छ । उक्त आवमा कोषको सञ्चित रकम ३१ अर्ब १० करोडले वृद्धि भई ३ खर्ब ९ अर्ब ८५ करोड पुगेको कोषले बुधवार अर्थमन्त्री डा. युवराज खतिवडा समक्ष पेश गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
सो अवधिमा कोषको कर्जा तथा लगानी रकम २६ अर्ब ५० करोड वृद्धि भएर ३ खर्ब ३५ अर्ब २५ करोड पुगेको समेत प्रतिवेदनले देखाएको छ । यस्तै कोषले कुल आम्दानी रकम तीन अर्ब २५ करोड वृद्धि गरेर २९ अर्ब ९६ करोड पुर्‍याएको छ ।
मुनाफा रकम ५१ करोड अर्थात् १२ दशमलव ८३ प्रतिशत बढेर चार अर्ब ४५ करोड रहेको छ भने कुल आम्दानीमा ३ अर्ब २५ करोड अर्थात् १२ दशमलव १७ प्रतिशतले वृद्धि भएर २९ अर्ब ९६ करोड पुर्‍याएको देखिन्छ । यस्तै कोषको कुल वित्तीय स्रोतमा ३० अर्ब ३९ करोड अर्थात् ९ दशमलव ७४ प्रतिशत वृद्धि भएर ३ खर्ब ४२ अर्ब ४० करोड पुगेको छ ।

यसैगरी कोषले क्षेत्रगत लगानीतर्फ पनि सञ्चयकर्ता सापटी रकम एक खर्ब ८१ अर्ब, बैङ्कको मुद्दती निक्षेप ७८ अर्ब ७९ करोड, परियोजना कर्जा ५२ अर्ब १९ करोड, सेयरमा लगानी २२ अर्ब ४४ करोड, सरकारी सुरक्षणपत्र ५३ करोड रहेको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x