सन्राइज बैंक र अष्ट्रेलिया स्थित रोयल रेमिटबीच रेमिट्यान्स सम्झौता
कााठमाडौं, २२ असार । सन्राइज बैंक लिमिटेड र अष्ट्रेलियास्थित ह्वाईट एभरेष्ट प्रा.लि.द्वारा संचालित रोयल रेमिटमार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार अष्ट्रेलियामा रहेका नेपालीले नेपालमा पैसा पठाउन सरल र सुलभ किसिमले रोयल रेमिट नेपालमार्फत पैसा पठाउदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था भएको हो ।
रोयल रेमिट नेपाल मार्फत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सन्राइज बैंकका देशभर रहेका १ सय ३० शाखाहरु तथा बैंकका देशभरी छरिएका १०,००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भुतmनी लिन सकिनेछ । साथै बैंक खातावालाको हकमा भने यो सेवा सन्राइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत केही मिनेटमै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको बैकले जनाएको छ ।