अमेरिकी होटल चेन विन्दम नेपाल आउने
काठमाडौं, २५ असार । अमेरिकी होटल र रिसोर्ट चेन, विन्दमले नेपाल सहित भारत र भुटानमा आफ्नो फुटप्रिन्ट विस्तार गर्ने भएको छ । विश्वकै ठूलो होटल फ्रेन्चाइजिङ कम्पनी विन्दमसँग ९० देशमा ९,३०० होटलहरु सञ्चालनमा छन् विन्दम पहिलोपल्ट नेपाल र भुटानमा आउन लागेको हो । यसले ह्वाथ्रोन सुट विन्दम द्वारकालाई भारतमा सञ्चालनमा आइसकेको घोषणा गरेको छ ।
तीन होटलहरु आगामी नौ महिनाभित्र सञ्चालनमा आइसक्ने कम्पनीले उल्लेख गरेको छ । विन्दम अहिले पनि भारतमा ठूला अन्तर्राष्ट्रिय होटलमध्ये एक हो । काठमाडौंको ठमेलमा राम्दा इनकोर विन्दम होटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको हो । यो विन्दमको नेपालमा पहिलो प्रवेश हो । ठमेल नेपालको पहिलो र सबैभन्दा पुरानो पर्यटकीय गन्तव्य हो । नेपालमा पर्यटन शुरु भएको हिप्पी संस्कृतिको इतिहास बोकेको ठमेलमा रहेको राम्दा इनकोरमा ९० कोठाहरु उपलब्ध छन् । होटल अगस्ट महिनाबाट सञ्चालमा आउने अपेक्षा गरिएको छ ।
यस होटलका युरेसिया क्षेत्रका निर्देशक निखिल शर्माले नेपाल र भुटानमा पर्यटकको संख्या बढीरहेको दृष्टिगत गर्दै विन्दमलाई विस्तार गर्ने सोच बनाएको बताएका छन् । भारतको मध्यमस्तरको बजारबाट उत्साहीत भएर भारतीय उपमहाद्विपमा प्रुटप्रिन्ट विस्तार गर्ने सोच बनाएको उनले उल्लेख गरेका छन् । भारतमा ह्वाथ्रोन सुट विन्दमको ब्राण्डबाट सञ्चालनमा आएको छ । भारतीय उपमहाद्विपमा आगामी वर्षहरुमा पर्यटनमा उछाल आउने आँकलन विन्दमको छ ।