Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३.३ प्रतिशत बढ्यो

बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३.३ प्रतिशत बढ्यो

काठमाडौं, २ साउन । गत आर्थिक वर्ष २०७६÷७७ को ११ महिनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ महिनासम्मको समष्टिगत आर्थिक र वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो निक्षेप १३.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १८.१ प्रतिशतले बढेको छ ।
२०७७ जेठ मसान्तमा चल्ती, बचत र मुद्दती निक्षेपको कुल निक्षेपमा क्रमशः ८.७ प्रतिशत, ३२.२ प्रतिशत र ४८.२ प्रतिशत अंश रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ९.२ प्रतिशत, ३२.५ प्रतिशत र ४७.६ प्रतिशत रहेको थियो ।
२०७७ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५ प्रतिशत रहेको छ । २०७६ जेठ मसान्तमा यस्तो निक्षेपको अंश ४५.१ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.७ प्रतिशतले बढेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १८.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ११.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको २०७७ जेठ मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.५ प्रतिशत घरजग्गाको धितोमा र १३.३ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।
२०७६ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.४ प्रतिशत र १३.६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ १३.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ ११.१ प्रतिशत, निर्माण क्षेत्रतर्फ ११.७ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १६.६ प्रतिशत र सेवा क्षेत्रतर्फ १९ प्रतिशतले कर्जा बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x