Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

कुल जनसंख्याको ६० लाख नागरिक मात्र बीमामा आबद्ध

कुल जनसंख्याको ६० लाख नागरिक मात्र बीमामा आबद्ध

काठमाडौं, ७ साउन । गत आर्थिक वर्ष २०७६÷७७ मा बीमाको पहुँच कुल जनसंख्याको २३ प्रतिशत नागरिकमा पुगेको आकलन गरिएको छ । यो तथ्यांक अनुसार हालको नेपालको कुल जनसंख्या (२०६८ सालको जनगणना अनुसार) २ करोड ६४ लाख ९४ हजारमध्ये ६० लाख ९३ हजार नागरिकले मात्र बीमा गराएका छन् ।

बीमा समितिले गत आर्थिक वर्षमा कुल जनसंख्याको २५ प्रतिशत नागरिकमा पहुँच पु¥याउने लक्ष्य राखे पनि विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना संक्रमण र त्यसको नियन्त्रणका लागि गरिएको लकडाउनले पहुँच विस्तार प्रभावित बनेको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए ।

पहुँच विस्तारको यकिन तथ्यांक केही दिनमा सार्वजनिक गर्ने अध्यक्ष चापागाईंले जानकारी दिए । अघिल्लो वर्षको अन्तसम्ममा २० प्रतिशत नागरिक बीमामा आबद्ध थिए । बीमा कम्पनीको पुँजी वृद्धि र नयाँ बीमा कम्पनीहरूको आगमनले गर्दा गतवर्ष पहुँच विस्तार लक्ष्य अनुसार नै हुने अनुमान गरिए पनि कोरोनाले प्रभाव पारेको उनको भनाइ छ ।

पहुँच विस्तारका लागि चालू आर्थिक वर्षमा स्थानीय तहसँगको सहकार्यमा देशव्यापी सचेतना कार्यक्रम सञ्चालन गर्ने र बैंक तथा बीमा कम्पनीहरुको शाखा नपुगका स्थानमा बीमा अभिकर्ता मार्फत दायरा विस्तार गर्ने अध्यक्ष चापागाईंले जानकारी दिए ।

यो वर्ष २८ प्रतिशत (वैदेशिक रोजगारीमा गएका बाहेक) नागरिकलाई बीमामा आबद्ध गर्ने समितिको लक्ष्य छ । अहिले १९ जीवन, २० निर्जीवन र १ पुनर्बीमा गरी ४० वटा कम्पनीले बीमा सेवा दिइरहेका छन् । समितिका अनुसार गतवर्ष जीवन बीमातर्फ ९० अर्ब र निर्जीवन बीमातर्फ २६ अर्ब रुपैयाँ शुल्क संकलन भएको छ । हाल कुल गार्हस्थ्य उत्पादनमा बीमाको योगदानको २.६ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x