महालक्ष्मी विकास बैंक ९.९९ प्रतिशत व्याजदरमा आवास र उद्यमशील कर्जा उपलब्ध गराउने
काठमाडौं, १२ साउन । महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशत व्याजदरमा आवास र उद्यमशील कर्जा दिने भएको छ । बैंकले घर खरिद तथा निर्माण गर्न इच्छुकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा योजना ल्याएको हो ।
बंैकले दुवै कर्जा योजनामा ऋणिका लागि ९.९९ प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्नुका साथै कर्जा शुल्कमा विशेष छुट प्रदान गर्ने जनाएको छ। आवास कर्जा योजना अन्तर्गत ऋणिका लागि निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष हुने छ । दुई बर्षसम्म व्याज मात्र भुक्तानी गर्न सकिने, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा निःशुल्क दुर्घटना बीमा जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।
उद्यमशील कर्जा योजना अन्तर्गत ऋणिका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने जस्ता सुविधाहरु प्रदान गर्ने बंैकले जनाएको छ । बैंकका सबै शाखाहरुबाट यो कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएका छ। हाल बैंकले मुलुकभर १सय २ वटा शाखाहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।