Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

तरलता थुप्रिएपछि बैंकहरुले निक्षेपको ब्याज घटाए

तरलता थुप्रिएपछि बैंकहरुले निक्षेपको ब्याज घटाए

काठमाडौं, १३ साउन । बैंकहरुमा तरलता थुप्रिएपछि निक्षेपको ब्याज घटाउन थालेका छन् । मुद्दती निक्षेपमा र साधरण बचतमा ०.५ प्रतिशतदेखि १.५ प्रतिशतसम्म निक्षेपको ब्याज कटौती भएको छ । मौद्रिक नीतिले कर्जा प्रवाह बढाउन तरलता प्रशस्त हुनेगरी नियामकीय प्रावधानहरु मैद्रिक नीतिमार्फत् घोषणा गरेको थियो । अनिवार्य नगद मौज्दात घटाएर ४ बाट ३ प्रतिशतमा झारिएको छ भने स्रोत र कर्जाको अनुपात यसअघिको ८० प्रतिशतको सीममा लचिलो भई ८५ प्रतिशत पु¥याइएको छ । जसका कारण बैंकहरुसँग अधिक तरलता छ । तरलता बढ्नुको अर्को प्रमुख कारण भनेको जेठमा बढेको रेमिट्यान्स पनि हो । जेठमा मात्रै ९४ अर्ब रुपैँया रेमिट्यान्स भित्रिएको थियो । बैंकिङ प्रणालीमा तरलता बढेपनि निजी क्षेत्रलले कर्जाको माग गरेको छैन । मौद्रिक नीतिले यो वर्ष कर्जाको माग २० प्रतिशतले बढ्ने आँकलन गरेको छ । यद्यपि, कोभिड–१९ संक्रमण फैलिरहेकाले काम हुने वातावरण नहुने डरले निजी क्षेत्रले कर्जा लिन ‘पर्ख र हेर’ को रणनीति अबलम्बन गरिरहेको छ ।
बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले मनिटरी अपरेसनका माध्यमबाट यसको व्यस्थापन गरिरहेको छ । साउन ८ गते राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको २० अर्ब अधिक तरलता खिचेको थियो । निजी क्षेत्रबाट कर्जा माग नहुने र बैंकिङ प्रणालीमा अधिक तरलता रहीरहेको खण्डमा चालु आर्थिक वर्षमा तरलता व्यवस्थापनमा राष्ट्र बैंकको खर्च बढ्ने देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x