Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

विराटनगर आईसीपीको राजस्व लक्ष्य ५७% पूरा

विराटनगर आईसीपीको राजस्व लक्ष्य ५७% पूरा

विराटनगर, १४ साउन । एकीकृत भन्सार जाँचचौकी (आईसीपी) विराटनगरले गत आर्थिक वर्ष २०७६÷७७ मा कुल रू. २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार राजस्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजस्व संकलन गर्ने लक्ष्य पाएकोमा रू. २१ अर्ब २८ करोड २६ लाख १७ हजार कम अर्थात् ५७ दशमलव १३ प्रतिशत मात्र प्रगति हासिल गरेको राससमा उल्लेख छ ।
आव २०७४÷७५ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल सो कार्यालयले आव २०७५÷७६ मा पनि राजस्व लक्ष्य भन्दा कम उठाएको थियो । सो वर्ष फागुन महिनादेखि आयात घट्नु, जोगबनी र बथनाहाको बीचमा पर्ने मिरगञ्ज पुलमा अवरोध आउनुको कारण थियो । गत अर्थिक वर्षमा कोभिड–१९ को विश्वव्यापी महामारी फैलिनु र नेपाल सरकारले गएको चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरेको कारण व्यापरिक कारोवार ठप्प हुनु आयात एवं निर्यात नहुनुले पनि लक्ष्य अनुसारको राजस्व सङ्कलन नभएको भन्सार कार्यालयले बताएको छ ।
गत आवमा सङ्कलित राजस्व आव २०७५÷७५ को भन्दा रू. ४ अर्ब ४४ करोड ९६ लाख ५४ हजारले कम हो भने आव २०७५÷७६ को तुलनामा रू. ९ अर्ब ९२ करोड ६० लाख ५९ हजारले कम हो । गत आवमा सङ्कलित राजस्वमा भन्सार महसुल रू. १२ अर्ब ४ करोड २९ लाख १५ हजार, मूल्यअभिवृद्धि कर रू. १४ अर्ब ७६ करोड ७४ लाख ४७ हजार र अन्तःशुल्क रू. १ अर्ब ५५ करोड ३० लाख ६७ हजार रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x