Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

गत आवमा १४.६९ अंकले घट्यो वैदेशक व्यापार

गत आवमा १४.६९ अंकले घट्यो वैदेशक व्यापार

काठमाडौं, १४ साउन । गत आर्थिक वर्ष २०७६÷७७ मा अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को तुलनामा नेपालको वैदेशिक व्यापारमा दोहोरो अंकको कमी आएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवमा मुलुकको वैदेशिक व्यापारमा १४.६९ अंकले ह्रास आएको हो ।
आयात र निर्यात दुवैमा गिरावट आएकाले समग्र वैदेशिक व्यापारमा कमी आएको हो । आयातमा १५ दशमलव ६३ प्रतिशतको ह्रास आएको छ भने निर्यात शून्य दशमलव ९८ प्रतिशत खुम्चिएको छ । यसले व्यापारघाटामा समेत १६.७१ प्रतिशतको कमी आएको देखाएको छ ।
यद्यपि अघिल्लो आवको तुलनामा गत आवमा कुल वैदेशिक व्यापारमा निर्यातको अंक १६.०७ प्रतिशत बढेको छ भने आयातको अंश १.१० प्रतिशतले ह्रास आएको छ ।
गत आवमा कुल वैदेशिक व्यापारमा पाम तेल र भटमासको तेल निर्यातको ठूलो योगदान रहेको देखिन्छ । यी दुई वस्तुको निर्यातले मात्रै नेपालको कुल निर्यातको ३२ प्रतिशत ओगटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x