Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

शिखर इन्स्योरेन्सको ८७ हजार ४ सय १२ कित्ता हकप्रद शेयर लिलाममा

शिखर इन्स्योरेन्सको ८७ हजार ४ सय १२ कित्ता हकप्रद शेयर लिलाममा

काठमाडौं, १४ साउन । शिखर इन्स्योरेन्स कम्पनीले नबिकेको ८७ हजार ४ सय १२ कित्ता हकप्रद शेयर बोलकबोल लिलाम गर्ने भएको छ। कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद शेयर निश्कासन् गरेको थियो। त्यसमध्ये सर्वसाधारण तर्फको नबिकेको शेयर लिलाम गरेर बिक्री गर्न लागेको हो ।

उक्त हकप्रद शेयरमा ९७ प्रतिशतभन्दा बढीको आवेदन परेको थियो। आवेदन नपरेको उक्त शेयर साउन २१ गतेदेखि २८ गतेसम्मका लागि बोलपत्र आह्वान गरेको छ। लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम माग गरिए बराबरकै लागि आवेदन दिन सक्ने छन्।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल तथा नेपाल इन्भेष्टमेन्ट बैंकका केही शाखा कार्यालयबाट आवेदन दिन सक्ने जनाइएको छ। बोलपत्र पेश गर्दा प्रतिकित्ता एक सय रुपैयाँभन्दा माथि आवेदन दिन सक्ने छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x