Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लगानी बोर्डको सीईओ छनौटका लागि अन्तर्वार्ता सम्पन्न, ज्ञवाली स्वेच्छाले बाहिरिए

लगानी बोर्डको सीईओ छनौटका लागि अन्तर्वार्ता सम्पन्न, ज्ञवाली स्वेच्छाले बाहिरिए

काठमाडौं, १७ साउन । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाको संयोजकत्वको सीईओ छनौट समितिले शुक्रबार लगानी बोर्डको सीईओका लागि आवेदकमध्ये सर्ट लिस्टिङमा परेकाहरुको अन्तर्वार्ता लिएको छ । बोर्डको सीईओका लागि परेका १२ आवेदनमध्ये नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपसमितिले ६ जनाको नाम सिफारिश गरेको थियो ।

सर्ट लिस्टिङमा परेका मध्ये बलियो दाबेदार मानिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली भने अन्तर्वार्तामै अनुपस्थित भए । उनले स्वेच्छाले प्रतिस्पर्धा छाडेको बुझिएको छ । ज्ञवाली निकट प्राधिकरण स्रोतका अनुसार, सरकारले उनलाई पुनर्निर्माणकै काममा केन्द्रीत हुन आग्रह गर्दै लगानी बोर्डको सीईओमा मोह नराख्न आग्रह गरेपछि उनी शुक्रबारको अन्तर्वार्तामै गएनन् । उनको नेतृत्वमा पुनर्निर्माणका काममा राम्रो प्रगति भइरहेकाले सरकारले उनलाई अन्यत्र नियुक्ति नदिने स्पष्ट संकेत गरेको थियो । अहिले धरहरा, रानीपोखरी लगायत रािष्ट्रय महत्वका पुरातात्विक सम्पदा पुनर्निमाणको कामले गति लिएको छ । ज्ञवालीले लगानी बोर्डको सीइओका लागि आवेदन दिए पनि आफू पुनर्निर्माणमै केन्द्रीत हुन चाहेकाले सर्ट लिस्टिङ भए पनि अर्को चरणको प्रतिस्पर्धा स्वेच्छिक रुपमा त्यागेको बताए ।

प्रबल दाबेदार मध्येका एक ज्ञवाली बाहिरिएपछि अब अर्थ मन्त्री खतिवडा नेतृत्वको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. पुष्पराज कँडेल र आयोगकै पूर्व सदस्य डा. गोविन्द नेपाल सम्मिलित समितिले अन्य तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाउनेछ । ज्ञवाली बाहिरिएपछि अबको प्रतिस्पर्धामा राष्ट्रिय योजना आयोगका सदस्य इन्जिनियर सुशील भट्ट, नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशी, विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका भट्ट, विद्युत् नियमन आयोगका पूर्व सदस्य रामकृष्ण खतिवडा र प्रदेश १ लगानी बोर्डका सीईओ डा. सरोज कोइराला रहेका छन् । यी मध्ये भट्ट, जोशी र कोइराला सीईओका प्रबल दाबेबार हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x