Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सडक विभागद्वारा बजेटको ६९ प्रतिशत मात्र खर्च, १ वर्षमा ७२९ किमी कालोपत्र सडक थपियो

सडक विभागद्वारा बजेटको ६९ प्रतिशत मात्र खर्च, १ वर्षमा ७२९ किमी कालोपत्र सडक थपियो

काठमाडौं, २४ साउन । गत आर्थिक वर्ष २०७६÷७७ मा सडक विभागले कुल बजेटको दुई तिहाई मात्र खर्च गर्न सकेको छ । गत आवमा रू. १ खर्ब २७ अर्ब पाएको विभागले ६७.२९ प्रतिशत अर्थात् ६९ अर्ब ४८ करोड खर्च गरेको हो । कोरोना महामारी नियन्त्रणका लागि गत चैतदेखि गरिएको लकडाउनका कारण वार्षिक बजेटको लक्ष्य हासिल हुन नसकेको विभागले बताएको छ ।
विभागका अनुसार १ वर्ष अवधिमा देशभर ७२९ किलोमिटर नयाँ सडक कालोपत्र गरिएको छ । गत आवमा १ हजार २०० किलोमिटर नयाँ कालोपत्र गर्ने गर्ने लक्ष्य राखिएको थियो, जुन लक्ष्यको ६०.७५ प्रतिशत मात्र पूरा भएको हो । विभागको वार्षिक प्रतिवेदनका अनुसार गत आवमा ७५७ किलोमिटर सडक ग्राभेल र ३६५ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ ।
यसैगरी गत आवमा २१० ओटा पक्की (मोटरेबल) पुल निर्माण गरिएको छ । गत आवमा ३०० ओटा पुल सम्पन्न गर्ने लक्ष्य रहेकोमा ७० प्रतिशत मात्र पूरा भएको हो । साथै सो अवधिमा ३६५ किलोमिटर नयाँ ट्र्याक समेत निर्माण र ७ हजार ५६० किलोमिटर सडक मर्मतसम्भार गरिएको विभागको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x