Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आयस्रोत सुकेपछि पर्यटन बोर्डको बजेट आधा घट्यो

आयस्रोत सुकेपछि पर्यटन बोर्डको बजेट आधा घट्यो

काठमाडौं, २७ साउन । कोभिड–१९ कारण पर्यटकीय गतिविधि प्रभावित भएर स्रोत अभाव भएपछि चालू आवमा नेपाल पर्यटन बोर्डको बजेट करिब आधा घटेर आएको छ । सोमवार बोर्डले आर्थिक वर्ष २०७७÷७८ का लागि झण्डै ८२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो । गत आवमा बोर्डले बजेट १ अर्ब ६३ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
बजेटले आन्तरिक पर्यटन प्रवद्र्धन र अनुसन्धानलाई मुख्य प्राथमिकता दिएको छ । कोभिडका कारण पर्यटन क्षेत्र प्रभािवत भएर आयस्रोतको अभाव भएकाले चालू आवमा ठूलो परिमाणमा बजेटको आकार घटाउनुपरेको बोर्डले बताएको छ । आफ्नो बजेटमा ठूलो कटौती गर्न बाध्य भएको हो ।
कोरोना महामारीको असर पर्यटन क्षेत्रमा चौतर्फी रूपमा परेको र बोर्डसँग आम्दानीको स्रोत नभएकाले बजेट खुम्चिएको बताइएको छ । बोर्डको मुख्य आर्थिक स्रोत ट्रेकिङ गर्ने पर्यटकसँग लिइने शुल्क (टिम्स) र पर्यटकबाट उठ्ने पर्यटन सेवा शुल्क हो । कोरोनाका कारण पर्यटक आगमन ठप्प रहेकाले बोर्डले यस्तो शुल्क उठाउने अवस्था छैन । आयस्रोत नै सुकेकाले स्वाभाविक रूपमा बोर्डको बजेट घटेको देखिएको छ ।
कोरोनाको महामारीपछि यस वर्ष २ लाख पर्यटक आउने अनुमान गर्दै बोर्डले त्यसबाट झण्डै २४ करोड आम्दानी हुने अपेक्षा राखेको छ । यस्तै नेपाल पर्यटन बोर्ड र टे«किङ एजेन्सिज एशोसिएशन नेपाल (टान) को संयुक्त खातामा रहेको टिम्स बापतको १५ करोड, नेपाल भ्रमण वर्षका लागि मन्त्रालयबाट प्राप्त हुने ६ करोड, एयर एशियाबाट प्राप्त हुनुपर्ने ५ करोड, यूएनडीपीबाट प्राप्त हुने झण्डै डेढ करोड रुपैयाँ र अन्य सञ्चित कोषको रकमबाट बजेट निर्माण गरिएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x