Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

शर्तसहित निषेधाज्ञा खुकुलो

शर्तसहित निषेधाज्ञा खुकुलो

काठमाडौं, २५ भदौ । जिल्ला प्रशासनले लागू गरेको निषेधाज्ञा शर्तसहित खुकुलो बनाइएको छ । आज (बिहीबार) देखि लागू हुने गरी सशर्त खुकुलो बनाइएको भएपनि निषेधाज्ञा भदौ ३१ सम्म लम्ब्याइएको छ । सुरक्षित तवरले र जारी गरिएका प्रोटोकलको पालना गर्दै तोकिएका गतिविधि सञ्चालन गर्न सकिने गरी प्रशासनले आंशिक रुपमा निषेधाज्ञा खोलेको हो । भदौ ३ देखि प्रशासनले लागू गरेको निषेधाज्ञा दुई चरणमा गरी भदौ २४ सम्म लम्ब्याइएको थियो ।
दैनिक आवश्यकता र अत्यावश्यक वस्तुहरुको बिक्रीका लागि बिहान ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म पसल, मार्टहरु सञ्चालन गर्न पाइनेछ । टेक अवे होम, अनलाइन डेलिभरी, मलहरु १२ बजेदेखि साँझ ७ बजेसम्म खोल्न दिइने भएको छ । वर्कसपहरु बिहान ८ देखि बेलुका ८ बजेसम्म खोल्न दिइने भएको छ । दैनिक आवश्यकता बाहेकका फर्निचर तथा अन्य सामग्रीहरुका बिक्रीकेन्द्र हप्तामा दुई दिन सञ्चालन गर्न पाइने नियम जिल्ला प्रशासनले जारी गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *