Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

उत्पादन तथा आपूर्ति घटेपछि आकाशियो तरकारीको भाउ

उत्पादन तथा आपूर्ति घटेपछि आकाशियो तरकारीको भाउ

काठमाडौं, ८ असोज । तरकारी उत्पादनको पकेट क्षेत्र मानिने उपत्यका आसपसाका जिल्लाहरूमा गतवर्षको तुलनामा उत्पादन तथा आपूर्ति घटेपछि पछिल्ला दिनहरूमा तरकारीको भाउ चर्को भएको छ । काठमाडौं उपत्यकामा सबैभन्दा बढी तरकारी भित्रने कालीमाटी फलफूल तथा तरकारी बजारमा बजारमा सामान्य अवस्थाको दाँजोमा तरकारी आपूर्ति घटेको छ । हाल काठमाडौं उपत्यकासहित देशभरका ठूला शहरमा रहेका होटेल तथा रेस्टुराँ खुलेका छन् । यसले गर्दा तरकारीको माग बढेको, सो अनुसारको आपूर्ति नभएकाले देशभर हरियो तरकारीको भाउ बढेको व्यवसायीले बताएका छन् ।
लकडाउनअघि दैनिक ९०० टनसम्म तरकारी भित्रिने गरेकोमा हाल ४ सयदेखि ५ सय टनमा सीमित रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । हाल लकडाउन हटेर देशव्यापी रूपमा सार्वजनिक यातायातका साधन सञ्चालनमा आएपछि उपत्यकामा तरकारीको आपूर्ति बढ्न सकेको छैन । यसो हुनुमा तरकारी उत्पादन हुने मुख्य क्षेत्रहरूमै उत्पादन घट्नु मुख्य कारण रहेको समितिका उपनिर्देशक तथा सूचना अधिकारी विनय श्रेष्ठले बताए । ‘उत्पादन नै घटेकाले आपूर्तिमा ह्रास आएको हो,’ उनले भने ।
उपत्यकामा मुख्यरूपमा धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, गोरखा लगायत उपत्यका नजिकका जिल्लाबाट बढी मात्रामा तरकारी भित्रने गर्छ । त्यसपछि तराईका जिल्लाबाट समेत तरकारी आउने गर्छ । तर उत्पादन घटेकाले ती जिल्लाबाट कालीमाटी तरकारी बजारमा तरकारी आउने दर ४० प्रतिशतसम्म घटेको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी संघका अध्यक्ष गीताप्रसाद आचार्यले बताए । आपूर्ति नै घटेपछि स्वाभाविक रूपमा सबैजसो हरियो तरकारीको मूल्य बढेको उनको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x