Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

पर्यटन पुनरुत्थानका लागि टास्क फोर्स स्थापना

पर्यटन पुनरुत्थानका लागि टास्क फोर्स स्थापना

काठमाडौं, १० असोज । नेपालको पर्यटन पुनरुत्थानका लागि सकारात्मक, सक्रिय र परिणाममुखी भूमिका खेल्न निजी क्षेत्रको पहलमा सार्वजनिक निजी साझेदारीको अवधारणा बमोजिम पर्यटन पुनरुत्थान टास्क फोर्स–नेपाल स्थापना भएको छ । विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पर्यटन पुनरुत्थान टास्क फोर्स–नेपालको औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

उचित, उत्तरदायी, सुधारोन्मुख तथा रचनात्मक रुपमा पर्यटन क्षेत्रका नेतृत्वदायी भूमिकामा रहेका निर्णयकर्ता तथा नीति निर्माताहरु माझ पर्यटन बारे बुझाउँन उक्त टास्क फोर्स स्थापना गरिएको हो । यसका साथै पर्यटन क्षेत्रको दीगो तथा छिटो पुनरुत्थानका लागि नेपालमा भैरहेका राम्रा प्रयासहरु तथा आवश्यक तैयारीमा सहयोग गर्ने र सकारात्मक सन्देश प्रवाह गर्न आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु सम्बन्धित निकायहरुलार्ई सुझाउने एवं सीमित साधन र स्रोत भएपनि केही कार्यक्रमहरु आफै सञ्चालन गर्ने छ । पहिचान गरिएका १० वटा च्यानलहरुबाट नेपालका प्रवद्र्धनात्मक तथा सकारात्मक सन्देशहरु नियमित रुपमा सम्प्रेषित गरिने बताइएको छ ।

पाटा नेपाल च्याप्टर र स्कल नेपालबाट अघि बढाईएको यस पहलमा पर्यटन क्षेत्रका विशिष्ट व्यक्तित्वहरु सल्लाहकार, मुख्य छाता संगठनहरु संस्थागत संरक्षक, स्वास्थय तथा सुरक्षा निकायका संस्थाहरु स्वास्थ्य तथा सुरक्षा संरक्षक, नेपाल पर्यटन बोर्ड पर्यटन उद्योग संरक्षक रहेका छन् । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा विश्वव्यापी रुपमा पर्यटन पुनरुत्थानका लागि शुरु भएको अभियान रिब्यूल्डिङ्ग टाभलका कार्यदल सदस्य दीपकराज जोशी यस पहललाई अघि बढाउने र आवश्यक समन्वय गर्ने संयोजकका रुपमा रहने बताइएको छ ।

त्यसैगरी पाटा नेपाल च्याप्टरका सचिव खेम लकाई कार्यदलको प्रवक्ता रहने छन् भने पाटा नेपाल च्याप्टरका सीइओ सुरेश सिंह बुडालले कार्यदलको सचिवालय व्यवस्थापन गर्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x