Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

१ वर्ष अवधिमा १६७ अंकले बढ्यो नेप्से परिसूचक

१ वर्ष अवधिमा १६७ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, १० असोज । १ वर्ष अवधिमा शेयर बजार १६७.५ अंकले बढेको देखिएको छ । २०७६ साउन मसान्तमा १२२४ विन्दु रहेको नेप्से परिसूचक २०७७ साउनमा १३९१.५ पुगेको देशको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी राष्ट्र बैंकको शुक्रवार सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । यस्तै २०७७ असार मसान्तमा यस्तो सूचकांक १३६२.४ रहेको थियो ।

२०७७ साउन मसान्तमा धितोपत्र बजार पूँजीकरण रू. १८३६ अर्ब ७९ करोड पुगेको छ । २०७७ असार मसान्तमा बजार पूँजीकरण रू. १७९२ अर्ब ७६ करोड रहेको थियो । २०७७ साउनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०८ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४÷४ होटल तथा व्यापारिक संस्था र ५ अन्य समूहका रहेका छन् ।

२०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ७८.३ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ५.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.५ प्रतिशत, होटेलको हिस्सा १.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ११.६ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ साउनसम्ममा सूचीकृत ४ अर्ब ८३ करोड शेयरको चुक्ता मूल्य रू. ४७३ अर्ब ८८ करोड रहेको छ । आर्थिक वर्ष २०७७÷७८ को पहिलो महिनामा रू. २ अर्ब ९३ करोड बराबरको बोनस शेयर, रू. २ अर्ब बराबरको डिबेन्चर र रू. १ अर्ब २२ करोड बराबरको साधारण शेयर गरी कुल रू. ६ अर्ब १५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रू. ६३ करोड ८६ लाख बराबरको साधारण शेयर निष्कासन गर्न अनुमति दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x