Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

अपि पावरको कात्तिक १४ देखि हकप्रद शेयर निष्कासन गर्ने

अपि पावरको कात्तिक १४ देखि हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं, २३ असोज । अपि पावर कम्पनीले आगामी कात्तिक १४ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

कम्पनीले एक शेयर बराबर नयाँ शून्य दशमलव ४७ कित्ता शेयर अनुपातमा हकप्रद निष्कासन गर्न लागेको शुक्रवार प्रकाशित सूचनामा उल्लेख छ । यो हकप्रदका लागि अपि पावरले यसअघि नै बुक क्लोज गरिसकेको छ ।उक्त हकप्रदमा मंसिर ४ गतेसम्म आवेदन दिन सकिने छ । गत फागुन ३० गतेसम्म कायम शयरधनीले उक्त हकप्रदमा आवेदन दिन पाउने छन् । हकप्रदको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x