सन्राइज बैंकको चाडपर्व बिशेष योजना, मोबाइल टपअप गर्दा १० प्रतिशत छुट
काठमाडौं, २ कात्तिक । सन्राइज बैंकले चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफ वान सफ्टसँग सहकार्य गरी उक्त योजना ल्याएको हो ।
यो योजनाअन्र्तगत बैंकका ग्राहकले मोबाइल बैंकिङ्गमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यसाली ग्राहकहरुलाई एक एक थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ ।
साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम १०० रुपैयाँ क्यास ब्याक गर्ने व्यवस्थासमेत गरिएको छ । बैंकले आफ्नो औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाड्न कात्तिक १ गतेदेखि मंसिर ५ गतेसम्मको लागि यो योजना ल्याएको बताएको छ ।