Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

दशै लागेसँगै शेयर कारोबारमा लगानीकर्ताको आकर्षण घट्यो

दशै लागेसँगै शेयर कारोबारमा लगानीकर्ताको आकर्षण घट्यो

काठमाडौं, २ कात्तिक । सातको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ५.६६ अंक घटेर १५५६.८० विन्दुमा रोकिएको छ । दशैं लागेसँगै शेयर कारोबारमा कमी आउँन थालेको छ ।

आज १८७ कम्पनीको ४३ लाख ८२ हजार १० कित्ता शेयर एक अर्ब २५ करोड २७ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज सर्वाधिक मूल्यको हिमालयन बैंकको प्रमोटर शेयर खरिद विक्री भएको छ । बैंकको २४ करोड ४५ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो ।

त्यस्तै जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको शेयर मूल्य ९.७८ प्रतिशत वृद्धि भएको छ । यो कम्पनीको अन्तिम शेयर मूल्य ४०४ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका ११ समूहमध्ये उद्योग र निर्जीवन बीमा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । उद्योग समूहको १.२५ प्रतिशत र निर्जीवन बीमा समूहको ०.४१ प्रतिशत परिसूचक वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x