Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एनआईबीएल सहभागिता फन्डको स्वचालित कारोबार प्रणाली शुरू

एनआईबीएल सहभागिता फन्डको स्वचालित कारोबार प्रणाली शुरू

काठमाडौं, २ कात्तिक । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवद्र्धक र एनआईबीएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फण्डको स्वचालित कारोबार प्रणाली शुरू गरिएको हो छ । खुलामुखी यो योजना सञ्चालनमा आएको एक वर्ष पूरा भएको परिपे्रक्ष्यमा योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरी यस योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पहँुचलाई इन्टरनेटको माध्यमद्वारा आम लगानीकर्तामाझ सहजै उपलब्ध गराउने उद्देश्यले कात्तिक २ गतेदखि उक्त फण्डको स्वचालित कारोबार प्रणाली लागू गरिएको कम्पनीले बताएको छ ।
साथै, यस योजनाको स्वचालित विद्युतीय कारोबार प्रणाली मार्फत आम लगानीकर्ता तथा इकाइधनीले हालका लागि योजनाका इकाइ खरीद गर्न सक्ने, व्यवस्थित लगानी योजना (Systematic Investment Plan-SIP)मा दर्ता, व्यवस्थित लगानी योजना (Systematic Investment Plan-SIP)को किस्ता रकमको भुक्तानी, User Login दर्ता तथा User Login मार्फत अन्य विभिन्न सुविधाहरू प्राप्त गर्न सकिने जानकारी कम्पनीले गराएको छ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x