एनआइसी एशिया बैंकले २० प्रतिशत लाभांश दिने
काठमाडौं, ५ कात्तिक । एनआइसी एशिया बैंकले गत आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकको ४ सय ६० औ सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो।
लाभांश नेपाल राष्ट्र बैकबाट स्वीकृत भए पनछ बैंकले साधारणसभामा प्रस्तुत गर्ने छ। साधारणसभाबाट पारित भए सँगै शेयर शेयरधनीको खातामा पठाउने छन्।